चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1087 of 1106
  • 2026-10-07
  • 15:01:38
  • बुधबार,आश्विन २१, २०८३

About Author

बैंकमा खाता बढ्यो, निक्षेप घट्यो

काठमाडौं– निक्षेप खाता खोल्नेको संख्या बढे पनि बैंकिङ प्रणालीमा अपेक्षाअनुसार निक्षेप संकलन हुन नसकेको पाइएको छ। एकै वर्षको अन्तरमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा खाता खोल्नेको संख्या २०।७० प्रतिशतले वृद्धि भएको छ। तर, बैंकिङ प्रणालीमा भने निक्षेप संकलनमा खासै सुधार हुन नसकेको तथ्यांकले देखाएको छ। नेपाल बैंकर्स संघको तथ्यांकले साउन ३० सम्म १ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप घटेको बताएको छ। जबकि साउन २७ गतेमात्रै वाणिज्य बैंकको प्रणालीबाट १ खर्ब २१ अर्ब रुपैयाँ बाहिरिँदा कुल निक्षेप ४४ खर्ब २१ अर्बमा सीमित थियो। २०७७–७८ मा कुल ३ करोड ७२ लाख ५९ हजार ९ सय ९६ खाता खोलिएको छ। एकै वर्ष ७७ लाख ११ हजार ९ सय ६३ वटा खाता थपिएर २०७९ असारसम्ममा ४ करोड ४९ लाख ७१ हजार ९ सय ६९ पुगेको छ। वाणिज्य बैंकको खाता १८.१२ प्रतिशतले बढेर ३ करोड ८८ लाख ९२ हजार पुगेको छ। यो कुल खाताको ८६.४८ प्रतिशत हो। यस्तै, विकास बैंकको खाता २५.४७ प्रतिशतले बढेर कुल ५४ लाख ३६ हजार पुगेको छ। यो कुल निक्षेपको १२.०९ प्रतिशत हो। यसैगरी वित्त कम्पनीको निक्षेप खाता २०.७० प्रतिशतले बढेर ६ लाख ४३ हजार ४ सय २ पुगेको छ। वित्त कम्पनीको कुल निक्षेपको १.४३ प्रतिशत हिस्सा छ। वित्तीय पहुँचका हिसाबले निक्षेपको खाता संख्यामा उल्लेख्य सुधार आएको बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्याय बताउँछन्। ‘तर, जसरी खाता संख्या बढेको छ। अहिले सोहीअनुरूप निक्षेप संकलन कहाँ गयो भन्ने सबैको चासो भएको छ,’ उनले भने, ‘अहिले निक्षेप खातामा भएको रकम बैंकिङ प्रणालीबाटै बाहिरिएको छ। पर्याप्त मात्रामा सरकारी ट्रान्जेक्सन वा सरकारी भुक्तानी भएको छ। नेपाल आयल निगमले भक्तानी गरेरलगायतले निक्षेप बाहिरएको देखिन्छ।’. मुद्दती निक्षेप २८ खर्ब, बचत १४ खर्ब बैंक तथा वित्तीय संस्थामा गत आवको असारसम्ममा ५१ खर्ब ५९ अर्ब १७ निक्षेप संकलन भएको छ। कुल निक्षेपमा सबैभन्दा बढी अर्थात् ५४.९७ प्रतिशत मुद्दती निक्षेपको हिस्सा छ। यसअनुसार बैंकिङ प्रणालीमा २८ खर्ब ३५ अर्ब ८१ करोड रुपैयाँ मुद्दती खातामा संकलन भएको छ। यसपछि दोस्रो बढीमा बचत खातामा रकम संकलन भएको छ। जसमा कुल निक्षेपको २७.१८ प्रतिशत छ। यसबाहेक चल्ती खातामा कुल निक्षेपको ९ प्रतिशत वा ४ खर्ब ६५ अर्ब ४१ करोड ५० लाख रुपैयाँ रहेको छ। यसपछि कल डिपोजिटमा निक्षेपकर्ताको ७.५८ प्रतिशत अर्थात् ३ खर्ब ९१ अर्ब ६ लाख ७० लाख रुपैयाँ छ। यसबाहेक अन्यमा ६७ अर्ब ६९ करोड ५० लाख रुपैयाँ रहेको छ। समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो निक्षेप २१.४ प्रतिशतले बढेको थियो। २०७९ असारमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.९ प्रतिशत, २७।६ प्रतिशत र ५५.८ प्रतिशत छ। अघिल्लो वर्ष यस्तो अंश क्रमशः १०।४ प्रतिशत, ३४.२ प्रतिशत र ४७ प्रतिशत रहेको थियो। २०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८.३ प्रतिशत छ। २०७८ असार मसान्तमा यस्तो निक्षेपको अंश ४२.७ प्रतिशत थियो। वाणिज्य बैंकको औसत आधार दर २०७८ असारमा ६।८६ प्रतिशत रहेकामा २०७९ असारमा ९.५४ प्रतिशत छ। संघका अध्यक्ष उपाध्याय अधिकांश निक्षेप संस्थागत हुने गरेको र एकै पटक झिक्दा पनि केही समय प्रणालीमा निक्षेप घट्ने बताउँछन्। दोहोरो प्रवृत्तिले खाता संख्या बढ्यो राष्ट्र बैंकले निक्षेप खातमा जनसंख्याको पहुँचलाई आधार मानेर वित्तीय पहुँचका रूपमा हेरेको छ। यसअनुसार ‘वित्तीय पहुँच’ सम्बन्धी प्रतिवेदनले हालसम्म ६७.३ प्रतिशत मानिससँग निक्षेप खाता रहेको उल्लेख गरेको थियो। राष्ट्र बैंकले तीनपुस्ते भिडाएर दोहोरो खातालाई एउटै हुने गरी निकालिएको तथ्यांकले मुलुकमा ६७.३ प्रतिशत मानिसमा बैंकिङ पहुँच पुगेको निश्कर्ष निकालिने थियो। २०७९ असारसम्ममा कुल खाता संख्या ४ करोड ४९ लाख ७१ हजार ९ सय ६९ पुगेको छ। यो कुल जनसंख्याको भन्दा झन्डै दोब्बरै हुन लागेको छ। नेपालको जनसंख्या नै २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको छ। बैंक खाता खोल्नका लागि नागरिकता भएका मात्रै योग्य हुन्छन्। यसकारण पनि जनसंख्याको दोब्बर खाता हुन गएको भन्न सकिन्छ।

News by बैंकमा खाता बढ्यो, निक्षेप घट्यो :