चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1073 of 1109
  • 2026-10-08
  • 17:33:37
  • बिहिबार,आश्विन २२, २०८३

About Author

पर्यटनमन्त्री श्रेष्ठ भन्छन् : सरकारले छिट्टै भ्रमण दशक घोषणा गर्छ

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले छिट्टै नेपाल भ्रमण दशक (२०२३–२०३३) घोषणा गर्ने तयारी गरेको बताएका छन्। नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय पर्यटन सम्मेलन–२०२२ लाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको दीगो विकासका लागि सरकारले सन् २०२३ देखि २०३३ को दशकलाई ‘नेपाल भ्रमण दशक’को रूपमा मनाउन आवश्यक तयारी अगाडि बढाएको बताए। पर्यटक आगमन बढाउन तथा पर्यटन उद्योगको विकासका लागि भ्रमण दशकको अवधारणा ल्याइएको मन्त्री श्रेष्ठको भनाइ छ। पर्यटन क्षेत्रको दिगो विकासका लागि भ्रमण वर्षभन्दा भ्रमण दशक आवश्यक भएकोले भ्रमण दशक कार्यक्रमलाई अघि सारिएको मन्त्री श्रेष्ठले बताए । पर्यटन क्षेत्रको पुनरुत्थानका लागि आफुले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना अघि सारेको उनले बताए। पर्यटन क्षेत्रको विकास र विस्तारका लागि गुणस्तरीय सिपयुक्त जनशक्ति उत्पादन गर्नुपर्ने उनले बताए। न्याथमले गुणस्तरीय सेवा प्रदान गरी सरकारी शैक्षिक संस्थाका रुपमा नमूना प्रस्तुत गरेको मन्त्री श्रेष्ठले बताए। पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनलाई सरकारले प्राथमिकता दिएको बताउँदै उनले पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी शिक्षालाई स्थानीय तहसम्म विस्तार गर्नुपर्नेमा जोड दिए। होटल व्यवस्थापन र पर्यटक आतिथ्यसम्वन्धी शिक्षा र तालीम प्रदान गर्ने एक मात्र सरकारी निकायका रुपमा रहेको प्रतिष्ठानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरणको व्यवस्था गरिने उनले बताए। मुलुकका सबै जातजाति र भाषाभाषीका स्थानीय खानाका मौलिक परिकारको अनुसन्धान गर्ने कार्यक्रम पनि प्रतिष्ठानले अघि सारेको छ। विभिन्न जातीय आतिथ्य र स्वागत गर्ने परम्परागत संस्कृति र शैलीबारे पनि अध्ययन – अनुसन्धान अघि बढाउने प्रतिष्ठानले योजना बनाएको छ भने सार्क सदस्य मुलुक, बिमस्टेक र चीनका विद्यार्थीलाई लक्षित गरी अन्तर्राष्ट्रियस्तरको पढाइ सञ्चालन गर्ने योजना समेत अघि सारेको छ। पर्यटकीय जनशक्ति उत्पादनमा काम गर्दै आएको नाथमले स्थापनाको पचास बर्ष पुगेको अवसरमा पर्यटन सम्मेलन आयोजना गरेको हो। दुई दिनसम्म चल्ने सम्मेलनमा देश विदेशका पर्यटन क्षेत्रका विज्ञ, प्राध्यापक तथा व्यवसायीहरुले पर्यटन क्षेत्रका विभिन्न आयामहरुबारे छलफल गर्नेछन्।

News by पर्यटनमन्त्री श्रेष्ठ भन्छन् : सरकारले छिट्टै भ्रमण दशक घोषणा गर्छ :