निर्वाचन आयोगको डा. तोसिमा कार्कीलाई निर्देशन- घण्टी बजाएर प्रचार नगर्नु - Chaitanya News
  • 2026-04-25
  • 20:23:54
  • शनिबार,बैशाख १२, २०८३
  • निर्वाचन आयोगको डा. तोसिमा कार्कीलाई निर्देशन- घण्टी बजाएर प्रचार नगर्नु

    निर्वाचन आयोगको डा. तोसिमा कार्कीलाई निर्देशन- घण्टी बजाएर प्रचार नगर्नु

    काठमाडौं- निर्वाचन आयोगले ललितपुर–३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीलाई घण्टी नबझाउन निर्देशन दिएको छ ।

    चुनाव प्रचारप्रसारका क्रममा घण्टी चुनाव चिह्न पाएकी तोसिमाका कार्यकर्ता र समर्थकले घण्टी बझाएर हिँडेकाले आयोगले सो निर्देशन दिएको हो ।

    घण्टी बजाएर हिँड्दा अरुलाई असर गरेको भन्दै आयोगले उनलाई घण्टी नबझाइ प्रचारप्रसार गर्न निर्देशन दिएको हो ।

    आयोग कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकका केही दलका प्रतिनिधिहरुले उम्मेदवारहरुले घण्टी बजाउँदै चुनाव प्रचारप्रसार गरेको भन्दै ध्यानाकर्षण गराएका थिए ।