चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1051 of 1104
  • 2026-10-07
  • 02:08:41
  • मंगलबार,आश्विन २०, २०८३

About Author

व्याकुल माइलालाई ५० हजार भत्ता दिने सरकारको निर्णय

काठमाडौं- सरकारले राष्ट्रिय गानका रचयिता व्याकुल माइलालाई मासिक ५० हजार भत्ता दिने भएको छ। मन्त्रिपरिषद्को असोज ७ गतेको बैठकले माइलालाई मासिक ५० हजार भत्ता दिने निर्णय गरेको हो। यसअघि उनलाई मासिक २५ हजार भत्ता दिने गरिएको थियो। सहज जीवन यापनका लागि भत्ता बढाउने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। यस्तै, सरकारले संस्कृतिविद् सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि एक जना नर्सको व्यवस्था गर्ने पनि निर्णय गरेको छ।

News by व्याकुल माइलालाई ५० हजार भत्ता दिने सरकारको निर्णय :