चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 792 of 1152
  • 2026-11-22
  • 04:20:12
  • शनिबार,मंसिर ०६, २०८३

About Author

चन्द्रागिरि नगरपालिकाले माग्यो नगर प्रहरी सेवामा दरखास्त

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगर प्रहरी सेवामा कर्मचारी माग गरेको छ । करार सेवाका लागि नगरपालिकाले नगर प्रहरी सेवामा दरखास्त आह्वान गरेको छ । छैटौं, चौथो र जवान पदका लागि आवेदन माग गरिएको छ । साउन ८ गतेसम्म दरखास्त दिन सकिनेछ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्र तथा शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्र संलग्न गरी चन्द्रागिरि नगरपालिकाको कार्यालयमा बुझाउन पर्नेछ ।

News by चन्द्रागिरि नगरपालिकाले माग्यो नगर प्रहरी सेवामा दरखास्त :