चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 744 of 1152
  • 2026-11-22
  • 08:16:24
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सिए एस्प्रेन्ट आइक्यानले प्रतिभा प्रस्फुटन कार्यक्रम गर्दै

काठमाडौं- सिए अध्ययन गरिरहेका विद्यार्थीहरूको संस्था सिए एस्प्रेन्ट आइक्यानले राजधानीमा विभिन्न विद्यार्थीका प्रतिभा प्रस्फुटन कार्यक्रम गर्ने भएको छ। गायन, नृत्य, बक्तित्वकला, हास्य कला, कविता प्रतियोगिताहरूको आयोजना गरिने भएको हो। कार्यक्रमका निर्देशक किसन जोशीका अनुसार प्रतियोगिता १३ साउनमा सिनामंगलस्थित ब्रिज वाटर इन्टरनेश्नल कलेजमा हुने भएको छ। प्रतियोगीहरूलाई अवार्ड प्रदान गरिने उनले बताए। सिए विद्यार्थी ट्यालेन्ट हन्ट सिजन चारसम्म सफलतापछि सिजन पाँचको आयोजना गरिने भएको उन्को भनाइ छ। संस्थाले विगत लामो समयदेखि सिए बढ्ने विद्यार्थीहरूलाई विभिन्न तरिकाले पढाइलेखाइ तथा विभिन्न सिर्जनात्मक कार्यक्रममा भाग लिन प्रोत्साहन गर्दै आएको छ। सिएका अध्ययन सामग्री उपलब्ध गराउँदै संस्थाले विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा टेवा पुर्‍याउँदै आएको जोशीको भनाइ छ।

News by सिए एस्प्रेन्ट आइक्यानले प्रतिभा प्रस्फुटन कार्यक्रम गर्दै :