चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 674 of 1153
  • 2026-11-22
  • 13:57:41
  • आइतबार,मंसिर ०७, २०८३

About Author

चैतन्य राशिफलः मिथुनलाई धोका अन्यलाई कस्तो फल ?

  मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ। मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह) परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि काम रोक्नुपर्ने परिस्थिति आउनेछ। कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सुखद समाचार प्राप्त हुनुका साथै दिन उत्साहपूर्ण रहनेछ। अध्ययनले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। भौतिक साधन जुट्नाले कामको अलमल समाप्त हुनेछ। तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते) हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अवसरवादीहरूबाट अलि सजग रहनुहोला। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ। प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) विभिन्न सहयोग र उपहार हातलागी हुने समय छ। नयाँ कार्य थालनी गर्न सकिनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ। कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द) चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले समस्या समाधान गर्न सकिनेछ। मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ उठाउन सकिनेछ। धेरै सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ।