१) अन्तर्मुखी स्वभाव भएका व्यक्तिहरू कुनै पनि विषयलाई सन्तुलित ढङ्गबाट लैजान खोज्छन्। २) अन्तर्मुखी भएकाहरू प्रायः गरी लेखनमा रुची राख्ने खाले हुन्छन्। धेरैजसो अन्तर्मुखी व्यक्तिहरू आफ्ना सोच र भावनाहरू अरू व्यक्तिसँग पोख्नुभन्दा कलम र कापीको माध्यमबाट बाहिरी दुनियामा ल्याउन रुचाउँछन्। उनीहरू लेखनकार्यमाएक्लो भएको अवस्थामा अरू बेलाभन्दा बढी सक्रीय रहन्छन्। ३) समाजले उनीहरूलाई पनि केही न केही रुपमा खराव दृष्टीले हेरिरहेको हुन्छ। ४) उनीहरूमा कुनै सुक्ष्म वस्तुमा एकाग्र भएर हेरिरहने स्वभाव हुँदैन। त्यसैले उनीहरू सुक्ष्म कुरामा भन्दा स्थुल कुरामा बढी ध्यान दिन्छन्। ५) अन्तर्मुखी स्वभाव भएका व्यक्तिहरूलाई कुनै भीडले बहकाउन सक्दैन। अरू हल्ला गरिरहेका बेलामा पनि उनीहरू शान्त भएर रहन सक्छन्। ६) यस्ता व्यक्तिहरू केही काम गर्नुअगाडि सोचेरमात्र काम गर्ने स्वभावका भएको कारणले गर्दा पनि उनीहरूलाई समाजले बुद्धिमानीको संज्ञा दिन्छ। ७) जापानमा गरिएको एक अध्ययनअनुसार बहिर्मुखी स्वभाव भएका व्यक्तिहरूको तुलनामा अन्तर्मुखी स्वभाव भएका व्यक्तिहरूमा न्यून रक्तचाप हुन्छ भनी उल्लेख गरिएको छ। ८) उनीहरू कुनैपनि कुरालाई हत्तपत्त बाहिर प्रकट गर्न चाहँदैनन्। काम गर्नुभन्दा पहिला धेरैपटक सोचेरमात्र गर्ने भएकाले कामको ध्येय पुरा नहुन्जेल सो कुरा आफ्नै मनमा खेलाइरहन्छन्। ९) अन्तर्मुखी स्वभाव भएका व्यक्तिहरू फोनमा बोलिरहन रुचाउँदैनन्। १०) उनीहरू कुनै रङ्गमञ्चमा गएर आफूमा रहेको प्रतिभा प्रस्फुटन गर्नसमेत रुचाउँदैनन्। ११) सबै कुराको जानकारी लिनेभन्दा पनि त्यसको मुख्य कुरो के हो भन्नेमा मात्र उनीहरूको ध्यान हुन्छ। १२) अन्तर्मुखी स्वभाव भएका व्यक्तिहरूलाई बहिर्मुखी स्वभाव भएका व्यक्तिहरू अरुभन्दा आकर्षक लाग्ने गर्छ। १३) उनीहरू होहल्ला रुचाउँदैनन्। १४) यस्ता स्वभाव भएका व्यक्तिहरू एक–एक जनासँग बोलिरहनुभन्दा सार्वजनिक रुपमा सबैका अगाडि बोल्न रुचाउँछन्। १५) उनीहरू केही नगरीकनै पनि एक्लै बसेर समय व्यतित गर्न सक्छन्। १६) यस्ता मानिसहरू अरूको तुलनामा छिट्टै प्रभावित हुने किसिमका हुन्छन्। १७) सबैसँग घुलमिल हुनु भनेको उनीहरूको लागि देखावाटीपनजस्तो लाग्छ। १८) यस्ता प्रकृतिका व्यक्तिहरू भीडमा पनि आफूलाई एक्लो महशुस गरिरहन्छन्। १९) अन्तर्मुखी स्वभाव भएका मानिसहरू कुनै समारोहमा जाँदा पनि रमाइलो गर्ने सोचले गएका हुँदैनन्। २०) साना साना कुरामा उनीहरू अल्झिरहँदैनन्। २१) उनीहरू धेरै सोच्ने तर थोरै बोल्न् प्रकृतिका हुन्छन्। २२) उनीहरू अरुभन्दा जटिल प्रकृतिका हुन्छन्। २३) उनीहरूलाई बोल्नभन्दा सुन्न मनपर्छ।


