चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 644 of 1153
  • 2026-11-22
  • 16:13:42
  • आइतबार,मंसिर ०७, २०८३

About Author

शहरी विकास मन्त्रालयको सचिवमा वैद्य

काठमाडौं- शहरी विकास मन्त्रालयको सचिवको जिम्मेवारी सरजुकुमार वैद्यलाई प्रदान गरिएको छ। यसअघि बसेको मन्त्रिपरिषद् बैठकले नेपाल ट्रष्टको कार्यालयका कार्यकारी सचिवको जिम्मेवारीमा रहेका वैद्यलाई शहरी विकास मन्त्रालयमा सरुवा गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट शुक्रबार पत्र प्राप्त गरेका बैद्य आइतबार सार्वजनिक विदा भएका कारण मन्त्रालयमा हाजिर नभएको र सोमबार मात्रै हाजिर हुने भएका छन्। उनको सरुवासँगै नेपाल ट्रष्टको कार्यालयमा कार्यकारी सचिवको पद भने रिक्त भएको छ।