रोनाल्डो सर्वाधिक कमाउने खेलाडी - Chaitanya News
  • 2026-06-07
  • 05:13:50
  • शनिबार,जेठ २३, २०८३
  • रोनाल्डो सर्वाधिक कमाउने खेलाडी

    रोनाल्डो सर्वाधिक कमाउने खेलाडी

     

    स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सन् २०२३ मा विश्वकै सर्वाधिक कमाउने खेलाडी बनेका छन् ।

    अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सूचीअनुसार रोनाल्डो लियोनेल मेस्सी र नेयमारलाई पछि पर्दै सर्वाधिक कमाउने फुटबलर बनेका हुन् ।

    म्यानचेस्टर युनाइटेडबाट साउदी अरेबियन क्लब अल नासर गएका पोर्चुगलका फरवार्ड रोनाल्डोले सबैभन्दा धेरै कमाउने एथ्लिटको रूपमा पनि स्थान बनाएका छन् ।

    सर्वाधिक कमाउने खेलाडीको सूचीमा अर्जेटिनाका लियोनल मेस्सी दोस्रो नम्बरमा छन् । ब्राजिलका फरवार्ड नेमार शीर्ष तीनमा अटाएका छन् ।