चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 768 of 1153
  • 2026-11-22
  • 22:52:56
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित आठ जनाविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर गरेको छ। खानेपानी ट्याङ्की निर्माण लागि आएको रकम कामै नगरी मिलेमतोमा भ्रष्टाचार गरेको अभियोगमा हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही र वडाध्यक्षसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो। चंखेली गाउँपालिका–२ मा खानेपानीको ट्याङ्की निर्माणका लागि आर्थिक वर्ष ०७७-७८ मा मुख्यमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत विनियोजित रकममा भ्रष्टाचार भएको अख्तियारको भनाइ छ। ट्याङ्की निर्माण आयोजनामा काम नै नगरी नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई बढी मूल्याङ्कन गरी भुक्तानीका लागि स्वीकृत गरेर ६ लाख ४८ हजार सात सय ८६ भ्रष्टाचार गरिएको अख्तियारको दाबी छ। भ्रष्टाचारमा संलग्न भएको आरोपमा अख्तियारले प्रमुख प्रशासकीय अधिकृत शाहीलाई पूरा अनियमितता भएकै अङ्कमा बिगो कायम गरी अख्तियारले मुद्दा दायर गरेको छ। गाउँपालिकाका इन्जिनियर मानबहादुर ऐडी र प्राविधिक सहायक (सब इन्जिनियर) गोभधन बोहोरालाई त्यति नै बिगो कायम गरिएको छ। लेखापाल नवीन रेग्मीविरुद्ध पनि सोही अङ्कमा बिगो मागदाबी गरिएको हो। वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष हरिहर उपाध्यायलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ। उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी र कोषाध्यक्ष नन्दादेवी देवकोटा (धिताल)विरुद्ध ६ लाख ४८ हजार सात सय ८६ बिगो दाबी गरिएको छ।

News by प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा :