चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 728 of 1153
  • 2026-11-23
  • 01:56:26
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ -  नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ । आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४६० रुपैयाँमा किनबेच भएको थियो ।

News by सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ? :