चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 705 of 1153
  • 2026-11-23
  • 04:06:09
  • आइतबार,मंसिर ०७, २०८३

About Author

चैतन्य राशिफलः स्वास्थ्यमा समस्या कुन राशिलाई ?

  मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यमा समस्या देखिने छ । खानपानमा विशेष ख्याल गर्नुहोला । मध्यान्नको समयमा भ्रमणको योग रहेको देखिन्छ । वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) शिक्षामा आजको दिन राम्रो छ । जमघटमा समय बित्ला । आफ्नो बोलीले प्रभाव पार्ने समय रहेको छ । मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह) धन आर्जनको योग रहेको छ । खानपानमा भने ख्याल गर्नुहोला । साँझको समयमा सु–समाचार प्राप्त हुनेछ । कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापारमा मन्दी लाग्न सक्ने सम्भावना रहेको छ । साथीभाइको सहयोगले बिग्रेको काम सप्रन सक्छ । मन उदास रहने छ । सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनावश्यक खर्च हुनसक्छ । आफन्तसँगको भेटघाटले मन प्रशन्न रहला । सामान्य चोटपटक लाग्न सक्छ । कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) दुर्घटना हुने सम्भावना धेरै नै रहेको छ । यात्रा गर्दा सर्तकता अपनाउनु होला । नसोचेको ठाउँबाट धन प्राप्त होला । तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते) भ्रमणको योग रहेको छ । खर्च गर्दा सोच विचार गरेर खर्च गर्नुहोला । दिनभर मन प्रशन्न रहनेछ । वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँड्नाले समस्या आउन सक्छ । सवारी साधन सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) प्राविधिक काममा सफलता प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । प्रेमीको सहयोग पनि प्राप्त हुनेछ । कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द) घरायसी कार्य अगाडि बढ्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । सफल यात्राको योग पनि छ । मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आज विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय रहला । नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ । विश्वासपात्रले काममा साथ दिनेछन् ।