गर्मीको कारण तराई वा अन्य क्षेत्रमा सर्पको चहलपहल हुनु सामान्य कुरा हो । तर सर्पको डसाइले मानिसको ज्यान नै जानसमेत सक्छ । नेपालमा पाइने प्राय सर्पहरू निकै नै विषालु रहेका हुन्छन् । यदि सर्पले डसेमा कसरी प्राथमिक उपचार गर्ने वा सर्पको डसाइबाट कसरी बच्ने भन्नेबारे हामी आज छलफल गर्नेछाँै ।
सर्पको टोकाइबाट जोगिन के गर्ने ?
१.राती हिँडनुपरे टर्च लाइट लिएर हिँड्ने
२.जुता वा गम बुट लगाउने
३.खुट्टा राम्ररी छोप्ने बाक्लो प्यान्ट लगाउने
४.घर वरपरको घाँस झारपात काटेर सफा राख्ने
५.जमिनका दुलाहरू टाल्ने
६.पराल, दाउरा आदि लिन जाँदा होसियारी अपनाउने
७.सुत्नअघि ओछ्यान, खाटमुनी र वरपर राम्ररी हेर्ने
८.सधँै झुल टाँगेर सुत्ने
सर्पले टोकिहाले के गर्ने ?
१.डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने
२.सर्पले टोकेको ठाउंमा काट्ने चुस्ने, बाँध्ने नगर्ने
३.मलम, रसायनिक पदार्थ तातो चिसो प्रयोग नगर्ने
४.बिरामीको आत्मविश्वास कायम राख्ने
५.धामी झांक्रीतिर नलाग्ने
६.विष सोस्ने ढुंगाको पछि नलाग्ने
७.सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने
८.जति सक्दो चांडो अस्पताल वा सर्प उपचार केन्द्र पुर्याउने