चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 697 of 1153
  • 2026-11-23
  • 04:44:03
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आजदेखि तातोपानी नाका खुल्ने

सिन्धुपाल्चोक- चीनसँगको उत्तरी सीमानाका तातोपानी आज (शुक्रबार)देखि खुल्ने भएको छ। लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजदेखि खुल्ने भएको हो। गत मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए। 'नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ,' उनले भने। विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिना अघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो। प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुला गरिएको बताए। उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन्।