चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 450 of 1152
  • 2026-11-22
  • 12:16:28
  • आइतबार,मंसिर ०७, २०८३

About Author

घरदैलो अभियानमा विकास उपलब्धि प्रस्तुत गर्न पार्टी पंक्तिलाई ओलीको निर्देशन

काठमाडौँ– घरदैलो अभियानमा विकास उपलब्धि प्रस्तुत गर्न पार्टी पंक्तिलाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् । आज(शुक्रबार)झापा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ५ का पार्टी नेता तथा कार्यकर्तालाई प्रत्यक्ष जनसम्पर्कलाई प्राथमिकता दिन निर्देशन दिएका हुन्। उनले मतदातासम्म घरदैलोमार्फत पुगेर पार्टीका गतिविधि र उपलब्धिबारे स्पष्ट जानकारी गराउन आवश्यक रहेको बताएका छन्। झापा(५ को क्षेत्रीय समन्वय समितिद्वारा आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको सम्पूर्ण संरचना सक्रिय रूपमा परिचालित हुनुपर्ने उल्लेख गरे। उनले मतदातालाई एमालेप्रति भरोसा जगाउने गरी योजनाबद्ध प्रचारमा लाग्न आग्रह गरेका छन्। अध्यक्ष ओलीका अनुसार उक्त क्षेत्रमा एमालेको नेतृत्वमा सम्पन्न विकास निर्माणका कामहरू नै निर्वाचनमा जनसमर्थन प्राप्त गर्न पर्याप्त आधार हुन्। बैठकमा सहभागी केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेताहरूलाई विपक्षीबाट फैलाइएका भ्रमको खण्डन गर्दै संगठित रूपमा प्रचार अभियान सञ्चालन गर्न निर्देशन दिइएको छ। उनले निर्वाचन अभियानमा दृढतापूर्वक जुट्न पार्टी पंक्तिलाई आह्वान गर्दै हालसालै भएका भदौ २३ र २४ गतेका घटनाप्रति पनि टिप्पणी गरे। अध्यक्ष ओलीले ती घटनाले देशलाई अस्थिरतातर्फ धकेल्ने उद्देश्य बोकेको दाबी गर्दै प्रारम्भिक चरणका केही माग स्वाभाविक देखिए पनि त्यसपछि भएको घुसपैठका कारण अवस्था जटिल बनेको धारणा व्यक्त गरे।

News by घरदैलो अभियानमा विकास उपलब्धि प्रस्तुत गर्न पार्टी पंक्तिलाई ओलीको निर्देशन :