चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 900 of 1153
  • 2026-11-23
  • 07:31:25
  • सोमबार,मंसिर ०८, २०८३

About Author

 कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, थप चार मन्त्रीको नाम टुंगो लगाउने

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।मन्त्रीपरिषद्को पूर्णता, उपनिर्वाचनलगायत समसमायीक विषयमा छलफल गर्नका लागि बैठक बस्न लागेको हो । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १९ गते आइतबार बिहान १०:०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्ने भएको छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलले भनेका छन्, ‘उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’ यसअघि बैठकले उपनिर्वाचनको उम्मेदवार तय गर्ने र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम चयन गर्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको थियो । तर शेखर कोइराला समूहले सम्मानजनक हैसियतमा तीन मन्त्री नदिए सरकारमा सहभागी नहुने बताएपछि प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाउन सकेको छैन । आजको बैठकमा कांग्रेसबाट थप चार मन्त्रीको नाम टुंगो लगाउने तयारी छ।

News by  कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, थप चार मन्त्रीको नाम टुंगो लगाउने :