चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 875 of 1153
  • 2026-11-23
  • 05:02:30
  • आइतबार,मंसिर ०७, २०८३

About Author

पाल्पाको जोरधारामा बस दुर्घटना, एकको मृत्यु, १८ जना घाइते

काठमाडौं-  पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य १८ जना घाइते भएका छन् । बुटवलबाट बाग्लुङको हटियाका लागि छुटेको लु १ ख ५९५६ नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो । घटनास्थलमै ज्यान गुमाएकी महिलाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अहिले घाइते १८ जनाको उद्धार भइरहेको छ । दुर्घटनाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

News by पाल्पाको जोरधारामा बस दुर्घटना, एकको मृत्यु, १८ जना घाइते :