चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 712 of 1153
  • 2026-11-22
  • 16:10:57
  • आइतबार,मंसिर ०७, २०८३

About Author

 पाँच लाख घुससहित इन्जिनियर र लेखापाल पक्राउ

काठमाडौँ-  पाँच लाख घुससहित इन्जिनियर र लेखापाल पक्राउ परेका  छन् । सप्तरीको विष्णुपुर गाउँपालिकाका एमआइएस अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो  । आज  बिहान ९ बजे सेवाग्राहीसँग अपरेटर यादवले दुई लाख नगद र लेखापाल यादवले तीन लाख रुपियाँको चेक लिँदै गरेको अवस्थामा आयोगको इटहरीबाट खटिएको टोलीले नियन्त्रणमा  लिएको  बताएको  छ । उनीहरुमाथि  थप अनुसन्धान सुरु गरेको आयोगका प्रवक्ता भोला दाहालले  जानकारी दिए । सोलार बत्ती जडानलगायतको योजनामा भुक्तानी गर्दा सेवाग्राहीसँग घुस रिस्वत लिइरहेको अवस्थामा यादवद्वयलाई आयोगको कार्यालय इटहरीको टोलीले राजविराज(३ बाट नियन्त्रणमा लिएको हो ।