चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 702 of 1153
  • 2026-11-22
  • 15:28:50
  • आइतबार,मंसिर ०७, २०८३

About Author

संसदीय समितिको सभापतिका लागि कुन दलका को उम्मेदवार ?

  प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भएको छ । आइतबार १० वटा संसदीय समितिको सभापतिका लागि दलहरूले उम्मेदवारी दर्ता गरेका हुन् । संसदको सबैभन्दा ठूलो दल कांग्रेसले तीनवटा समितिको सभापतिका लागि उम्मेदवारी दिएको छ । कांग्रेसका रामहरि खतिवडाले राज्य व्यवस्था समिति, डा. आरजु राणा देउवाले कृषि सहकारी तथा वातावरण समिति र सन्तोष चालिसेले अर्थ समितिको सभापतिका लागि उम्मेदवारी दर्ता गरेका छन् । यस्तै, एमालेका किरण साहले महिला समिति र ऋषिकेश पोखरेलले लेखा समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी, कानुन न्याय तथा मानव अधिकार समितिको सभापतिमा माओवादी केन्द्रकी विमला सुवेदी, पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दिपक बहादुर सिंह, स्वास्थ तथा शिक्षा समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपा नेपालका राजकिशोर यादवको उम्मेदवारी परेको छ । उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता हित समितिको सभापतिमा सत्तारुढ दल जनमत पार्टीका अब्दुल खान र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परेको छ । उद्योग समितिबाहेक अन्य ९ वटा समितिका सभापति भने निर्विरोध चयन हुने भएका छन् । निर्विरोध भएका सभापतिहरूको घोषणा भोलि सोमबार औपचारिक रूपमा गरिनेछ ।  

News by संसदीय समितिको सभापतिका लागि कुन दलका को उम्मेदवार ? :