चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1031 of 1156
  • 2026-11-23
  • 19:06:51
  • सोमबार,मंसिर ०८, २०८३

About Author

पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु

काठमाडौं - नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, आज (बिहीबार) बिहान तराईका केही स्थानहरुमा हुस्सु लाग्नुको साथै देशको पहाडी भू–भागमा आंशिक बदलीको भइरहेको छ । आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश–१ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ । राति लुम्बिनी प्रदेशका साथै प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहने छ । तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

News by पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु :