चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 789 of 1153
  • 2026-11-22
  • 23:28:28
  • आइतबार,मंसिर ०७, २०८३

About Author

साफ च्याम्पियनसिपमा आज नेपालले भारतसँग खेल्ने

काठमाडौँ– १४औँ साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग खेल्दैछ । बैंगलोरस्थित श्री कान्तिराव स्टेडियममा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुने खेलमा नेपाल पहिलो जित निकाल्ने योजनामा रहेको छ । त्यस्तै भारत नेपाललाई हराएर सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ । सेमिफाइनलको यात्रा तय गर्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।साविक विजेता भारत र उपविजेता नेपालबीचको आजको खेल रोमान्चक हुने अनुमान छ । आफ्नो पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको थियो भने भारतले पाकिस्तानलाई हराएको थियो । अहिलेसम्म नेपाल र भारतबीच भएका २३ प्रतिस्पर्धामा भारतले १६ र नेपालले दुई खेलमा मात्रै जित हासिल गरेका छन् । बाँकी ५ खेल बराबरीमा सकिएका थिए । जारी च्याम्पियनसिपमा समूह ए को भारत तीन अंकसहित शीर्षस्थानमा रहँदा नेपाल भने अंक विहीन हुँदै तेस्रो स्थानमा छ । च्याम्पियनसिपमा नेपाल, आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्स, कुवेत र लेबनान सहभागी छन् । नेपालले समूहको अन्तिम चरणको खेल असार १२ गते पाकिस्तानसँग खेल्नेछ ।

News by साफ च्याम्पियनसिपमा आज नेपालले भारतसँग खेल्ने :