चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 544 of 1153
  • 2026-11-22
  • 18:37:28
  • आइतबार,मंसिर ०७, २०८३

About Author

कस्तो रहला तपाईंको आजको दिन ?

मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल हुनेछ । नयाँ पद र प्रतिष्ठा पाइने सम्भावना छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा आज दाजुभाइबाट सहयोग र ससुराली पक्षसँग सम्बन्ध राम्रो बन्नेछ । कृषि कार्यबाट लाभ मिल्ने छ । आफन्तसँग भेटघाट पनि हुनेछ । सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ । शुभकार्यको चर्चा चल्ने छ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्ने छ । तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते नयाँ कामको थालनी या योजना बन्ला । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे आज विद्या र नयाँ ज्ञान बढ्ने छ । सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ । आकस्मिक रूपमा धन प्राप्तिको सम्भावना समेत छ । कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा आज सामाजिक प्रसिद्धि प्राप्त हुनेछ । वाक्पटुता द्वारा आफ्नो काम सफल बनाउन सकिने छ । बहुप्रतीक्षित इच्छा र उद्देश्य सफल हुन सक्छन् । वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ । साथीभाइसँग असमझदारी बढ्ला । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो आज स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । प्रेममा मनमुटावका साथै मनमा शङ्का पनि उत्पन्न हुनेछ । कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो आज यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । झन्झटिलो काम लिनुपर्ला । नजिकका व्यक्तिबाट विश्वासघात होला । वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । विपरित वर्गसँग भेटघाट, साथ र सहयोग मिल्ने छ । शत्रु र विपक्षीहरू पनि पराजित हुन सक्छन् । मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि आज मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउनेछ । शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता पनि मिल्ने छ । मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोकिएको धन र व्यापार, व्यवसायमा लाभ मिल्ने छ । पारिवारिक सद्भाव पनि बढ्ने छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।