चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1089 of 1100
  • 2026-10-04
  • 23:03:48
  • आइतबार,आश्विन १८, २०८३

About Author

बोगटीलाई सम्झिँदै प्रचण्डले भने : धेरै पढे(लेखेका नभए पनि पार्टीभित्रका डाक्टर र वैद्यभन्दा राम्रो थिए

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाँडै नै पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने बताएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाँडै नै पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने बताएका छन्। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पोष्टबहादुर बोगटीको सातौँ स्मृति दिवसका अवसरमा उनले आगामी निर्वाचनपछि विशेष महाधिवेशन बोलाउने तयारी भइरहेको बताए। कार्यक्रममा उनले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन माओवादी केन्द्रले एक सय ७५ तहमा जित्ने अनुमान गरेकोमा पार्टीभित्रको आचरणका कारण ५० स्थान गुमाएको बताए । उनले माओवादी नेता(कार्यकर्ताले आचरण सुधार गर्न अवश्यक रहेको बताए । उनले भने, ‘व्यवहार र आचरणमा फरक देखियो। खिचातानी, एकले अर्कालाई हराउने प्रवृति छोड्न आवश्यक त। विचार र व्यवहारप्रति नेताहरू धर्मराएको उनको भनाइ छ। उनले प्रदेश र संघको निर्वाचन आउँदै गरेको र जनताको आर्कषण माओवादी केन्द्रप्रति व्यापक रहेको उनले बताए। यसलाई जोगाउन उनले आग्रह गरे। साथै, वाम एकताको प्रयास पनि जारी रहेकोले वामपन्थी आन्दोलनबाटै पहिलो पार्टी बन्ने पूरै सम्भावना रहेको उनको भनाइ छ। उनले भने, ‘पार्टीलाई एकताबद्ध गर्ने, जनमतलाई जोड्ने संकल्प आजकै कार्यक्रमबाट लिन जरुरी छ। उनले पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानमा आउने नयाँ नेतृत्वले पार्टीले लिएको नीतिलाई अझै अघि बढाउने विश्वास पनि व्यक्त गरे। उनले भने, ‘नयाँ पदाधिकारीले प्रतिष्ठान र पार्टीको नीतिलाई अझै राम्रोसँग अघि बढाउने छ। कमरेड बोगटीको सोचलाई अझै धेरै माथि पुर्याउने छ। उनले कार्यक्रममा स्व। बोगटी धेरै पढेलेखेको नभए पनि पार्टीभित्र रहेका धेरै डाक्टर र वैद्यहरूभन्दा राम्रो काम गरेको बताए। उनले भने, ‘अहिले पार्टीभित्रका नेता कार्यकर्ताको आचरणप्रति धेरैको असन्तुष्टि छ। उनीहरू आत्मकेन्द्रित, स्वार्थ केन्द्रीत भएको गुनासो छ । हामीले पनि अनुभव गरिरहेका छौं। तर, आज समाजले अर्को व्यवहार मागिरहेको छ। यो अन्तरविरोधलाई समाधान गर्नुपर्छ। स्व। बोगटीको आवरण र व्यवहार सधै एकनास रहेको उनले सम्झिए। उनले सम्झिए, ‘बोगटीको जीवन र मृत्यु दुवै सरल रह्यो । पार्टी अप्ठयारो हुँदा उनी सधै अघि सर्थे। पार्टीको माथिल्लो तहको अन्तरविरोधलाई पनि समाधान गर्ने अद्भुत क्षमता उनका थियो। पार्टीभित्रका डाक्टर र वैद्यहरूलाई समेत मिलाउन सक्ने क्षमता उनमा रहेको उनको भनाइ छ। अहिले उनका यस्ता गुण अझै पनि आवश्यक रहेको उनले बताए।

News by बोगटीलाई सम्झिँदै प्रचण्डले भने : धेरै पढे(लेखेका नभए पनि पार्टीभित्रका डाक्टर र वैद्यभन्दा राम्रो थिए :