चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1092 of 1099
  • 2026-10-04
  • 13:09:00
  • आइतबार,आश्विन १८, २०८३

About Author

गठबन्धन एमालेको प्राथमिकता होइन, आफ्नै खुट्टामा उभिएर लड्छौँ  : सांसद प्रदीप ज्ञवाली

काठमाडौं– एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले आगामी संघ र प्रदेशको निर्वाचनमा नेकपा एमालेले गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा नराखेको बताएका छन्। मंगलबार संसदबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। सांसद ज्ञवालीले एजेन्डा मिल्ने गठबन्धनबाहिरका दलहरूसँग भने छलफल गरेर केही ठाउँमा सहकार्य हुन सक्ने उल्लेख गरे। गठबन्धनविना अघि बढ्न सकिँदैन भन्ने भ्रम एमालेमा नरहेको उनको दाबी छ। कमजोरले अरूको साथ खोज्ने भन्दै उनले एमालेले आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने प्रस्ट पारे। ‘गठबन्धन हाम्रो प्राथमिकतामा होइन। गठबन्धनबाहिरका दलहरूसँग छलफल हुन सक्छ। तर, गठबन्धन नै निर्माण गर्ने गरेर हाम्रो छलफल अघि बढेको छैन र गठबन्धनविना अघि बढ्न सकिँदैन भन्ने भ्रम पनि छैन। हामी आफ्नो खुट्टामा उभिएर लड्छौँ। तर, हिँड्दै जाँदा एजेन्डाहरू मिल्ने साथीहरू भेटिनुभयो भने कतिपय ठाउँमा सहकार्य हुन सक्छ। कमजोरले साथ खोज्ने हो। बलियोले एक्लै सामना गर्छ,’ सांसद ज्ञवालीले भने।  

News by गठबन्धन एमालेको प्राथमिकता होइन, आफ्नै खुट्टामा उभिएर लड्छौँ  : सांसद प्रदीप ज्ञवाली :