विचार नमिल्ने दलसँग एमालेले गठबन्धन गर्दैन : उपनेता नेम्बाङ - Chaitanya News
  • 2026-04-19
  • 10:16:40
  • आइतबार,बैशाख ०६, २०८३
  • विचार नमिल्ने दलसँग एमालेले गठबन्धन गर्दैन : उपनेता नेम्बाङ

    विचार नमिल्ने दलसँग एमालेले गठबन्धन गर्दैन : उपनेता नेम्बाङ

    काठमाडौं– नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले विचार नमिल्ने दलसँग तालमेल नहुने बताएका छन्।

    पाँचथरको फिदिममा मंगलबार प्रेस चौतारी पाँचथरले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी ४ मंसिरमा प्रदेश र संघीय निर्वाचनमा विचार नमिल्ने दल वा समूहसँग एमालेले गठबन्धन या तालमेल नगर्ने बताएका हुन्।

    एमालेले राप्रपा वा अन्य साना दलसँग मिलेर सत्तारूढ गठबन्धनसँग चुनाव लड्ने चर्चा चलेको भए पनि त्यसका लागि गृहकार्य र वार्ता सुरु नभएको उनको भनाइ थियो।

    उपनेता नेम्वाङले वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिन नसकेको आरोप लगाए। वर्तमान सरकारका कमीकमजोरी र विगतमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामलाई एजेन्डा बनाएर एमाले चुनावमा जाने बताए।