चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 11 of 1166
  • 2026-11-29
  • 09:11:11
  • आइतबार,मंसिर १४, २०८३

About Author

भारतको २ खर्ब ४० अर्ब सहयोगमध्ये ५६ अर्ब अनुदान, १ खर्ब ८४ अर्ब सहुलियतपूर्ण ऋण

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा घोषणा गरिएको २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोगमध्ये अधिकांश रकम ऋणका रूपमा उपलब्ध हुने भएको छ। भारतले नेपाललाई ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिने भएको हो। नेपाल र भारतबीच भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त प्रेस वक्तव्यमा सहयोगको विवरण सार्वजनिक गरिएको हो। परराष्ट्र मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा घोषणा गरेको आर्थिक सहयोग प्याकेजमध्ये भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि ३५ अर्ब भारतीय रुपैयाँ अर्थात् ५६ अर्ब नेपाली रुपैयाँ अनुदान छुट्याइएको छ। त्यस्तै, बाँकी १ खर्ब १५ अर्ब भारतीय रुपैयाँ अर्थात् १ खर्ब ८४ अर्ब नेपाली रुपैयाँ लाइन अफ क्रेडिट (सहुलियतपूर्ण ऋण) अन्तर्गत उपलब्ध गराइने संयुक्त वक्तव्यमा उल्लेख छ। यसअघि नेपालले भारतसँग १ खर्ब भारतीय रुपैयाँ अनुदान र थप १ खर्ब भारतीय रुपैयाँ ऋण सहयोग उपलब्ध गराउन अनुरोध गरेको थियो। तर, भारतले घोषणा गरेको सहयोगको संरचनामा अनुदानभन्दा ऋणको हिस्सा बढी रहेको छ। यससँगै प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा घोषणा गरिएको आर्थिक सहयोगको वास्तविक स्वरूपसमेत स्पष्ट भएको छ।

News by भारतको २ खर्ब ४० अर्ब सहयोगमध्ये ५६ अर्ब अनुदान, १ खर्ब ८४ अर्ब सहुलियतपूर्ण ऋण :