चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 995 of 1158
  • 2026-11-25
  • 05:27:02
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

सरकारले पूर्णता पाएपछि सिंहदरबारमा पहिलो मन्त्रिपरिषद बैठक

काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पूर्णता पाएसँगै मन्त्रिपरिषद्को पहिलो बैठक शुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक शुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार २३ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए । जसमा १२ मन्त्री र ३ राज्यमन्त्री थप गरेका थिए । खानेपानी, युवा खेलकुद र वन मन्त्रालयमा अझैसम्म मन्त्रीहरु गइसकेका छैनन् । खानेपानी मन्त्रालयको जिम्मेवारी पाएको जनमत पार्टीले जिम्मेवारी लिइसकेको छैन । जनमतका अब्दुल खान शपथ लिएर मंगलबार कार्यभार सम्हाल्न गएनन् । अर्कातिर युवा तथा खेलकुद र वन खाली राखेको सत्ता गठबन्धनले जनता समाजवादी र नागरिक उन्मुक्ति आउने अपेक्षा गरेको छ ।

News by सरकारले पूर्णता पाएपछि सिंहदरबारमा पहिलो मन्त्रिपरिषद बैठक :