चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 758 of 1161
  • 2026-11-26
  • 10:02:04
  • बिहिबार,मंसिर ११, २०८३

About Author

कांग्रेस बैठकमा संस्थापन पक्ष आक्रामक

काठमाडौं -  नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षका नेताहरू महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि आक्रमक बनेका छन् । मंगलबारबाट सुरू भएको बैठकमा धारणा राख्ने संस्थापन पक्षका केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूले महामन्त्रीद्वयमाथि अनुशासनको प्रश्न उठाउँदै खरो आलोचना गरेका छन् । बुधबार बोल्ने अधिकांश प्रदेश सभापति तथा केन्द्रीय सदस्यहरूले महामन्त्रीहरूको सार्वजनिक प्रस्तुति शैली र व्यवहारप्रति खरो रूपमा विरोध जनाए । विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तनको अभियान चलाउने सार्वजनिक अभिव्यक्ति दिँदै आएका महामन्त्री गगन थापाप्रति पार्टी सभापति शेरबहादुर देउवा निकटका नेताहरूले कटाक्ष नै गरेको केन्द्रीय सदस्यहरूले बताएका छन् । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले महामन्त्रीप्रति लक्षित गर्दै कार्यसमितिमा रहेका व्यक्तिहरूलाई अनुशासन लागु हुन्छ कि हुँदैन ? भनेर प्रश्न गर्नुभयो ।