चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1001 of 1158
  • 2026-11-25
  • 05:32:00
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

सुदूरपश्चिम प्रदेशको सभामुख चयनका लागि आज निर्वाचन

कैलाली - सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयनका लागि आज (बिहीबार) निर्वाचन हुँदैछ । सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सत्तारूढ गठबन्धनबाट माओवादीका प्रदेश सभा सदस्य भीमबहादुर भण्डारी र कांग्रेसबाट मानबहादुर रावलले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् । भण्डारीको प्रस्तावकमा एमालेका जानकी बम ऐर र समर्थकमा माओवादीकी गीतादेवी माल छन् । भण्डारी बझाङ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । गठबन्धनबीच केन्द्रमा भएको सहमतिअनुसार माओवादीले सभामुखमा उम्मेदवारी दिएको हो । कांग्रेसले प्रदेश सभाका ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावललाई सभामुखको उम्मेदवार बनाएको हो । यसअघि ज्येष्ठ सदस्यका हैसियतले उनले प्रदेश सभा बैठकको अध्यक्षता गरेका थिए । आफ्नो पार्टीका प्रदेश सभा सदस्य मेघराज खड्काको प्रस्ताव र पृथ्वीबहादुर सिंहको समर्थनमा रावलले सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन् । उनी अछाम २ (२) बाट निर्वाचित भएका हुन् ।

News by सुदूरपश्चिम प्रदेशको सभामुख चयनका लागि आज निर्वाचन :