चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1076 of 1100
  • 2026-10-04
  • 22:11:12
  • आइतबार,आश्विन १८, २०८३

About Author

विश्व गम्भीर परमाणु दुर्घटनाबाट मुस्किलले जोगियो : युक्रेनका राष्ट्रपति जेलेन्स्की

काठमाडौं– विश्व गम्भीर परमाणु प्लान्ट दुर्घटनाबाट मुस्किलले जोगिएकोविश्व गम्भीर परमाणु दुर्घटनाबाट मुस्किलले जोगियो : युक्रेनका राष्ट्रपति जेलेन्स्कीले बताएका छन्। रुसको कब्जामा रहेको युक्रेनको परमाणु उर्जा केन्द्र जापोरिझाझिया बिहीबार केही समय युक्रेनको ऊर्जा ग्रिडबाट ‘डिस्कनेक्ट’ हुँदा विकिरण विपदको जोखिम बढेको थियो। ऊर्जा केन्द्रमा रहेको ‘व्याकअप’ विद्युतका कारण सो दुर्घटना टार्न सकिएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन्। आगोले ओभरहेड ऊर्जा लाइन ध्वस्त भएको थियो। त्यसका कारण प्लान्ट ग्रिडबाट बिच्छेद भएको हो। ‘यदी डिजेल जेनेरेटर सञ्चालनमा नआएको भए वा हाम्रा कर्मचारी र अटोमेसनले ब्ल्याकआउट लगत्तै काम नगरेको भए विकिरण दुर्घटना हुने थियो’, राष्ट्रपति जेलेन्स्कीले बिहीबार राति चेतावनी दिएका हुन्।

News by विश्व गम्भीर परमाणु दुर्घटनाबाट मुस्किलले जोगियो : युक्रेनका राष्ट्रपति जेलेन्स्की :