काठमाडौं– दशैंको छेको पारेर असोज ७ बाट नेपाल र भारत एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘प्रेम गीत ३’ को नयाँ गीत ‘मायाको गाउँ’ सार्वजनिक भएको छ। रोमान्टिक शैलीमा तयार गीतमा प्रताप दासको स्वर, सरोज पोखरेलको संगीत र विष्णु भण्डारीको शब्द छ।
गीतको भिडियोमा अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङको प्रेम समेटिएको छ। गीत निर्माण टिमले हिन्दी भर्सनमा पनि रिलिज गरेको छ। ‘मायाको गाउँ’ गीतकै दृश्य समेटिएको हिन्दी भर्सनको ‘कोइ न कोइ नाता हैं’ बोल राखिएको छ। भारतीय गायक जुबिन नौटियालको गीतमा स्वर छ। पवनदीप राजनको कम्पोज रहेको गीतमा रुबी फुलारा र सुभाष कालेले शब्द कोरेका हुन्।
स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको फिल्ममा प्रदीप र क्रिस्टिनाका अलावाशिव श्रेष्ठ, अनुभव रेग्मी, सम्बृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापालगायतका कलाकारहरुको अभिनय छ। हिन्दी भाषामा समेत डब गरिएको फिल्मका छायांकार राजेश श्रेष्ठ हुन्।