दाङ – दाङमा टिकटक (भिडियो शेयरिङ एप) बनाउने क्रममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ। तुलसीपुर उपमहानगरपालिका ५ का ३४ वर्षीय नवीन केसीको ज्यान गएको प्रहरीले जनाएको छ। शनिवार राति ९ बजेको समयमा तुलसीपुर ३ को साततले भन्ने ठाउँमा टिकटक बनाउने क्रममा केसी भिरबाट तल खसेका थिए। भिरबाट लडेर घाइते भएका उनलाई उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।


