काठमाडौं– सांसद गिरिराजमणि पोखरेलले मिटरब्याजीको नयाँ प्रवृत्तिबारे उजागर गरेका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पोखरेले महोत्तरीको मनरासिस्वाको मनराकट्टीका जमिन्दारले रकम लिएको ५० वर्ष बित्दा पनि गरिबहरुको नाममा जग्गा पास नगरेको तथ्य बाहिर ल्याएका हुन्।
‘मनराकट्टी बस्नेत तत्कालीन जमिन्दार भुपनारायण, नरनारायण र चन्द्रिका सिहंबाट ५० वर्षअघि गौशाला नगरपालिका–१२ पडरिया कान्तिबजार ९साविक भरतपुरखोर गाविस–९०का ९५ जना गरिब, दलित, किसानले खरिद गरेकाथिए। तर, साहुले रकम लिएर पनि जग्गा पास नगरेको पीडितहरुले बताएका छन्,ु संसद्मा बोल्दै नेता पोखरेलले भने, ‘किनेको जमिन भोग चलन गर्दै आएकोमा अझैं पनि उनीहरुको नाममा नामसारी नगरेको पाइएको छ। ती व्यक्तिहरुको नाममा लालपुर्जा बनेको नै छैन । विभिन्न बाहना बनाएर अहिलेसम्म पास नगरेको तथ्य खुलेको छ।’
गौशाला नगरपालिका( १२ का पीडित रामनाथ महतोले आफूले दुस्खले कमाएर किनेको जमिनको मालिक नै नबनी मरिएला की भन्ने चिन्ताले पिरोल्ले गरेको बताउँछन्। जमिन्दारले भोलिभोलि भन्दै ५० वर्ष बित्दा पनि रकम लिएर जग्गा पास नगरेको उनीहरुले बताएका छन् । गाउँमै पीडितको समस्या बुझेर फर्किएका नेता पोखरेलले पीडकमाथि कारवाही गर्न माग गरेका छन्। ‘कतिपय पीडितहरु जग्गा आफ्नो नाममा नामसारी गर्न नपाई वितिसकेका रहेछन्,ु उनले भने।
आफ्नो पसिना र श्रमले किनेको जमिनमा विगत ५० वर्षदेखि भोग चलन र श्रम गर्दै आएपनि जति दुस्ख कष्ट गरे पनि जग्गा आफ्नो नाममा नामसारी गरी जग्गा धनी बन्न नपाउँदा पीडित मनोज राउत बरैले तत्त्कालीन जमिन्दारको छलछामप्रति आक्रोश व्यक्त गरेकोबारे उनले बताए।
ुपीडितहरुले हालसम्म न्याय नपाएकोमा दुस्ख व्यक्त गरेका छन् र सरकारप्रति न्यायको अपेक्षा राखेका छन्। जनताको सम्पतिको सुरक्षा गर्ने काम सरकारको होइन र रु उनीहरुको हकलाई रक्षा गर्न सरकारले तुरुन्तै कानुनी कदम चाल्न ध्यानाकर्षण गर्न चाहन्छु ,ु उनले भने, ुदोषीलाई कानुनको दायरामा ल्याइ जनतालाई न्याय प्रदान गर्न जोडदार माग गर्दछु।
मधेश तराईमा मिटर ब्याजीविरुद्धमा धमाधम मुद्दाहरु दर्ता भइरहेकोमा उनले खुशी व्यक्त गरे। तर, मुद्दा कमजोर नमाउन सरकारका निकायलाई उनले सचेत गराए। उनले भने,ुकेही सुदखोरहरु जाली फटाहाहरु पक्राउ परिरहेको समाचारहरु सुनिरहेका छौं। महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह पक्राउ परेका छन्। यस कार्यका लागि सरकारलाई धन्यवाद व्यक्त गर्न चाहान्छु। मुद्दालाई कमजोर नबनाउन पनि आग्रह गर्दछु,ु उनले भने।