चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1107 of 1115
  • 2026-10-13
  • 15:27:06
  • मंगलबार,आश्विन २७, २०८३

About Author

अमेरिकामा मेरो विरुद्ध कुनै मुद्धा छैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले अमेरिकामा आफ्ना विरुद्ध कुनै मुद्धा नरहेको बताएका छन्। सामाजिक सञ्जालमा अमेरिकामा मुद्धा रहेको भन्दै खबर फैलिएपछि रविले फेसबुक मार्फत आफ्ना विरुद्ध कुनै मुद्धा नरहेको स्पष्ट पारेका छन्। उनले अमेरिकामा आफ्नो जायजेथा सबै बिक्री गरिसकेको र ऋण पनि चुक्त गरिसकेको बताएका हुन। ‘अमेरिकामा सबै ऋण नतिरी जायजेथा बेच्न मिल्दैन। मैले सबै तिरोतारो सकिसकेको छु। न मेरो नाममा ऋण बाँकी छ न मेरो नाममा कुनै सम्पत्ति छ। मैले मेरो बक्यौता तिर्ने तर सकेसम्म कम तिर्ने सोच राखेको हुँ। भागेको, लुकेको, ठगेको केही पनि होइन। भुलेको भए बेग्लै कुरा, तर मैले नियतवश व्यक्तिगत लेनदेनसमेत गरी कसैलाई केही तिर्नुपर्ने बाँकी राखेको छैन,’ उनले लेखेका छन्। उनी अगाडी थप्छन्, ‘यो दुनियाँमा आजका मितिमा मेराविरुद्ध कुनै मुद्दा भएको मलाई थाहा छैन। थाहा पाएँ भने अघिल्लो जन्मको समेत तिर्छु।

News by अमेरिकामा मेरो विरुद्ध कुनै मुद्धा छैन : रवि लामिछाने :