चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1108 of 1113
  • 2026-10-12
  • 21:15:50
  • सोमबार,आश्विन २६, २०८३

About Author

पद खोज्नेहरुलाई पार्टीमा प्रवेश गर्न दिन्न : रवि लामिछाने

सुर्खेत- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पद खोज्नेहरुलाई आफ्नो पार्टीमा प्रवेश गर्न नदिने बताएका छन्। मंगलबार सुर्खेतमा आयोजित कर्णाली प्रदेश स्तरीय भेलामा बोल्दै उनले कुनै पद खोजेर आउन चाहनेलाई प्रवेश निषेध रहेको बताए। उनले अघि भने, ‘जो मान्छे यो पद भए मात्र आउँछु भन्छ, यो पार्टीको जीवन रहेसम्म मेरो जीवन रहेसम्म त्यस्तालाई यो पार्टीमा आउन दिन्न। अहिलेका मूलधारका राजनीतिक दलमा पद नपाएर आफ्नो पार्टीमा आउन चाहनेका लागि पनि ठाउँ नभएको उनले बताए। ‘जसले ती पार्टीमा बेथिती रह्यो, मैले चिर्न सकिन भन्छ त्यस्ता मान्छेलाई स्वागत छ’ लामिछानेले भने। उनले यस पटक पनि मत फेर्न नसके ५ वर्ष फेरि दुख पाइने बताए। ‘यस पटक मत फेर्न सकेनौं भने फेरि अर्को ५ वर्षका लागि यही सुनाउनुपर्नेछ, तर मलाई थाहा छैन आफ्नो सुविधा सम्पन्न जीवन छाडेर अर्को हर्क साम्पाङहरु, अर्का स्वतन्त्र उम्मेदवारहरु आउँछन्, आउँदैनन्, अर्का बालेनहरु र गोपी हमालहरु आउँछन् कि आउँदैनन्।’

News by पद खोज्नेहरुलाई पार्टीमा प्रवेश गर्न दिन्न : रवि लामिछाने :