मर्जरमा जाने लघुवित्तलाई कर्जा प्रवाहमा सहुलियतदेखि उपत्यकामा कार्यालय - Chaitanya News
  • 2026-04-18
  • 23:34:48
  • शनिबार,बैशाख ०५, २०८३
  • मर्जरमा जाने लघुवित्तलाई कर्जा प्रवाहमा सहुलियतदेखि उपत्यकामा कार्यालय

    मर्जरमा जाने लघुवित्तलाई कर्जा प्रवाहमा सहुलियतदेखि उपत्यकामा कार्यालय

    कर्जा खबर।
    मर्जर तथा प्राप्ति हुने लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाहमा सहुलियतदेखि उपत्यकामा कार्यालय स्थापना गर्ने सुविधा पाउने भएका छन् । लघुवित्त वित्तीय संस्थाको मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्दै नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरेको हो ।

    केन्द्रीय बैंकद्वारा जारी परिपत्रअनुसार लघु वित्त वित्तीय संस्थाहरु गाभिएर वा प्राप्ति गरेर १ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पूँजी कायम गरेमा काठमाडौं उपत्यकाभित्र काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका बाहेकका स्थानमा एउटा कर्पोरेट कार्यालय र २ वटा शाखा कार्यालय स्थापना गर्न स्वीकृति राष्ट्र बैंकले प्रदान गर्नेछ ।

    साथै, १ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएका संस्थाले एउटा राष्ट्रियस्तर वा २ वटा प्रदेश स्तरका संस्था गाभेमा वा प्राप्ति गर्ने लघुवित्तले समेत सो सुविधा प्राप्त गर्नसक्नेछन् ।

    यसैगरी, थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाबीच मर्जर तथा प्राप्ति भएमा त्यस्तो लघुवित्त वित्तीय संस्थाले खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाको रुपमा कार्य गर्न सक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।