चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 3 of 1156
  • 2026-11-23
  • 20:40:33
  • सोमबार,मंसिर ०८, २०८३

About Author

मोदी र बालेनको एकल भेटपछि नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको एक्लाएक्लै भेटवार्तापछि नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको छ। नयाँदिल्लीस्थित हैदराबाद हाउसमा सुरु भएको बैठकमा प्रधानमन्त्री शाह, भारतीय समकक्षी मोदीसहित दुवै देशका उच्चपदस्थ अधिकारी तथा प्रतिनिधिहरू सहभागी छन्। प्रतिनिधिमण्डलस्तरीय वार्ताअघि दुई देशका प्रधानमन्त्रीबीच छुट्टै भेटवार्ता भएको थियो। त्यसअघि राष्ट्रपति भवन परिसरमा प्रधानमन्त्री शाहलाई भारतीय सेनाको एक टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो। सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई न्यानो स्वागत गरेका थिए। स्वागतका क्रममा दुवै प्रधानमन्त्रीले अंकमालसमेत गरेका थिए। त्यसपछि प्रधानमन्त्री शाह राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका थिए। प्रतिनिधिमण्डलस्तरीय वार्तापछि दिउँसो १२ः३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौता आदानप्रदान र सञ्चारमाध्यमलाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि दिउँसो १ः१५ बजे भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। यस्तै, दिउँसो ३ः१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह साँझ ४ः५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन्। उनी साँझ ६ः३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ।

News by मोदी र बालेनको एकल भेटपछि नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु :