चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1092 of 1104
  • 2026-10-06
  • 18:00:11
  • मंगलबार,आश्विन २०, २०८३

About Author

वैकल्पिक राजनीतिमाथिको घातलाई सच्याउँदै अघि बढ्नुको विकल्प रहेन : नेता मिलन पाण्डे

काठमाडौं– विवेकशील साझा पार्टीबाट कारबाहीमा परेका नेता मिलन पाण्डेले वैकल्पिक राजनीतिमाथिको घातलाई सच्याउँदै अघि बढ्नुको विकल्प नरहेको बताएका छन्। उनले विवेकशील साझा पार्टीलाई स्थापनाको मर्म अनुरूप राष्ट्रिय भेलामार्फत् पुनर्गठन गर्ने बताएका छन्। ुआजै हामीले दिनुपर्ने एउटा प्रश्न अनुत्तरित छ। के हाम्रो पार्टीको स्थापना ‘राजतन्त्र’ ब्युँताउन भएको थियो? पार्टी स्थापनाको एक दशकसम्मको सदस्यहरूको मिहेनत राजतन्त्रको पक्षपोषणका लागि थियो? नागरिकले अघिल्लो निर्वाचनमा दिएको मत के राजा बोक्न भनेर थियो? व्यवस्था र संविधान भत्काउन भनेर थियो? पक्कै थिएन आइतबार फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, त्यसैले वैकल्पिक राजनीति माथिको यो घातलाई अब हामीले पार्टी पुनर्गठन गरेर सच्याउँदै अघि बढ्नुको विकल्प रहेन। रवीन्द्र मिश्रले आफूद्वारा प्रस्तुत विचारमाथि देश भन्ने दस्तावेजको पक्ष बलियो बनाउन पार्टीमा सदस्य थपेको र भागबण्डा मिलाउन नसकेपछि अध्यक्षबाट राजीनामा दिएको पनि पाण्डेले लेखेका छन्। ुउक्त दस्तावेजको पक्ष बलियो बनाउन अर्को पक्षले मंसिर १८ गते ५४ जना राजसंस्थावादी सदस्यहरू ९थोरै केही बाहेक० केन्द्रीय समितिमा थपियो। त्यसपछि आफ्नै समूहभित्रको भागबन्डा मिलाउन नसकेपछि आन्तरिक गुटको कलहको कारण रवीन्द्र मिश्रले राजीनामा दिएु, उनले लेखेका छन्। पाण्डेले पार्टीभित्रका संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान र यही व्यवस्था पक्षधर विचार समूह निरन्तर वैकल्पिक राजनीतिलाई वैचारिक रूपमा सुदृढ र स्पष्ट पार्दै पार्टी स्थापनाको मर्म अनुसार अघि बढिरहेको बताएका छन्। पार्टीको स्थापनाको मर्म विपरीत जाने र नागरिकलाई धोका दिने छुट कसैलाई छैन उनको भनाइ छ। ुहालको अवस्थामा पार्टीलाई वैचारिक र सांगठनिक रूपमा पुनर्गठन गरी अघि बढ्नुपर्ने दायित्व हाम्रो हो। बृहत् छलफल र वैकल्पिक राजनीतिका घटकहरू र नयाँ राजनीतिको सम्भावना खोजिरहेका युवाहरूसँगको परामर्श र सहकार्यपछि पार्टी पुनर्गठनको ठोस खाका छिट्टै सार्वजनिक गर्नेछौँ। हामी छिट्टै राष्ट्रिय भेलाको मिति सार्वजनिक गर्नेछौँ र पार्टीलाई पुनर्गठन गर्नेछौं पाण्डेको भनाइ छ।

News by वैकल्पिक राजनीतिमाथिको घातलाई सच्याउँदै अघि बढ्नुको विकल्प रहेन : नेता मिलन पाण्डे :