चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 26 of 1109
  • 2026-10-09
  • 06:54:04
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

५६ जिल्लामा देउवा समूहका महाधिवेशन संयोजक, २० जिल्लामा अझै टुंगिएन जिम्मेवारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै पूर्वसभापति शेरबहादुर देउवा समूहले ५६ जिल्लामा महाधिवेशन संयोजक तोकेको छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले विभिन्न जिल्लामा संयोजकको जिम्मेवारी बाँडेको हो। देउवा समूहको चुनदेवी सम्पर्क कार्यालयका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका गरी ५६ जिल्लामा संयोजक तोकिएका छन्। मधेश प्रदेशका भने कुनै पनि जिल्लामा अहिलेसम्म संयोजक चयन गरिएको छैन। प्रदेशगत रूपमा हेर्दा कोशीका ९, बागमतीका ११, गण्डकीका ८, लुम्बिनीका १२, कर्णालीका ८ र सुदूरपश्चिमका ८ जिल्लामा संयोजक तोकिएका छन्। कोशी प्रदेशमा पाँचथरमा डेकेन्द्रकुमार तामाङ, झापामा कृष्ण हुमागाईं, संखुवासभामा रामकुमार जीसी, भोजपुरमा धर्मराज राई, मोरङमा सुभाष पौडेल, खोटाङमा रोजन राई, ओखलढुंगामा बालगोविन्द राजभण्डारी र उदयपुरमा बसन्त बस्नेतलाई जिम्मेवारी दिइएको छ। मोरङमा विनायक पन्त र उदयपुरमा गोविन्द चाम्लिङलाई सहसंयोजक तोकिएको छ। कोशीका ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, सुनसरी र सोलुखुम्बुमा भने संयोजक तोक्न बाँकी छ। बागमतीका दोलखामा ताराकुमार खड्का, रामेछापमा जीतबहादुर मगर, रसुवामा उपेन्द्र लम्साल, धादिङमा गोपाल बिक, नुवाकोटमा श्रीराम श्रेष्ठ, सिन्धुपाल्चोकमा लालकाजी तामाङ, चितवनमा मिलन श्रेष्ठ, मकवानपुरमा भीम लामा, भक्तपुरमा दुर्लभ थापा, ललितपुरमा सुदर्शन घिमिरे र काठमाडौंमा जयकृष्ण महर्जनलाई संयोजक बनाइएको छ। दोलखामा जयराज श्रेष्ठ सहसंयोजक छन्। सिन्धुली र काभ्रेपलाञ्चोकमा भने जिम्मेवारी बाँकी छ। गण्डकी प्रदेशका गोरखामा भूगोल थापा, लमजुङमा रामकृष्ण कँडेल, कास्कीमा ऋषिराम काफ्ले, मनाङमा नाचोङ गुरुङ, पर्वतमा रामकृष्ण मल्ल, म्याग्दीमा हिराबहादुर पुनमगर, बागलुङमा सागर छन्त्याल र नवलपुरमा अशोक बस्ताकोटीलाई जिम्मेवारी दिइएको छ। तनहुँ, मुस्ताङ र स्याङ्जामा संयोजक चयन हुन बाँकी छ। लुम्बिनी प्रदेशमा नवलपरासीमा विकास घिमिरे, रुपन्देहीमा गुनाखर भुर्तेल, कपिलवस्तुमा अब्दुल मन्नान खाँ, पाल्पामा माधव नेपाल, अर्घाखाँचीमा लक्ष्मण पाण्डे, गुल्मीमा वेदबहादुर थापा, रुकुम पूर्वमा दत्तबहादुर बस्नेत, रोल्पामा मानबहादुर खत्री, प्यूठानमा ईश्वरीसिंह बिष्ट, दाङमा गोपालराज शर्मा, बाँकेमा कृष्ण कार्की र बर्दियामा जग्गाप्रसाद पाण्डेलाई संयोजक बनाइएको छ। कपिलवस्तुमा खुर्सेद अहमद खाँ सहसंयोजक छन्। कर्णालीका डोल्पामा देउप्रसाद बुढा, जुम्लामा हेम बुडथापा, मुगुमा कर्ण रावल, हुम्लामा सूर्यबहादुर शाही, कालिकोटमा मातृका सिंह, जाजरकोटमा राजजंग शाह, दैलेखमा मीनबहादुर विश्वकर्मा (मिलन) र सुर्खेतमा ललित भट्टराईलाई संयोजक तोकिएको छ। रुकुम पश्चिम र सल्यानमा संयोजक चयन हुन बाँकी छ। सुदूरपश्चिममा बाजुरामा धनराज पण्डित, बझाङमा हर्कजंगबहादुर सिंह, डोटीमा नरेन्द्रबहादुर सिंह, दार्चुलामा सुरेन्द्र अवस्थी, बैतडीमा वीरबहादुर बिष्ट, डडेल्धुरामा डिल्लीराज जोशी, कञ्चनपुरमा पदम बोगटी र कैलालीमा खेमबहादुर डगौरा थारुलाई जिम्मेवारी दिइएको छ। कैलालीमा रामसमझ राना सहसंयोजक छन्। अछाममा भने संयोजक तोक्न बाँकी छ। समूहले विभिन्न जिल्लामा महाधिवेशन तयारीको जिम्मेवारी बाँड्दै लगे पनि अझै केही जिल्लामा संयोजक चयन गर्न बाँकी रहेको छ। विशेषगरी मधेश प्रदेशका सबै जिल्लामा संयोजक तोकिएको छैन। डा. कोइरालाको संयोजकत्वमा रहेको तयारी समितिले १५ असोजमा वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। कार्यतालिकाअनुसार २१ देखि २३ मंसिरसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तयारी छ।

News by ५६ जिल्लामा देउवा समूहका महाधिवेशन संयोजक, २० जिल्लामा अझै टुंगिएन जिम्मेवारी :