चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1084 of 1097
  • 2026-10-02
  • 06:21:46
  • शुक्रबार,आश्विन १६, २०८३

About Author

आइतबार सेयर बजार २७.९२ अंकले घट्यो

काठमाडौं– साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार नेप्से सूचक २७.९२ अंकले घटेर २०१०.०१ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.७६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अंकले घटेको छ। आइतबार कारोबारमा आएका २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता सेयर १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको छ। अन्य दिनको भन्दा आइतबार कारोबार रकमसमेत गिरावट आएको हो। नेप्सेका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। जसमा उत्पादन तथा प्रशोधन उपसमूह, फाइनान्स उपसमूह, जीवन बीमा उपसमूह, लगानी उपसमूह तथा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ। नेप्से परिसूचकमा गिरावट आए पनि आइतबार अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य ८।१० प्रतिशतले बढेको छ। त्यस्तै, कालिका पावरको २.८८ प्रतिशत, सामलिङ्ग पावरको २.४४ प्रतिशत र जालपा लघुवित्तको सेयरमूल्य २.०१ प्रतिशतले बढेको छ। तर, यता गुराँस लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ७.०९ प्रतिशतले घटेको छ भने हिमालयन डिस्टिलरीको ६.१० प्रतिशले घटेको छ। आइतबार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै १६ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

News by आइतबार सेयर बजार २७.९२ अंकले घट्यो :