चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 4 of 1097
  • 2026-10-02
  • 02:39:21
  • बिहिबार,आश्विन १५, २०८३

About Author

पुँजी बजार सुधारमा बोर्डको नयाँ रणनीति, ब्रोकरदेखि नेप्सेसम्म पुनर्संरचना

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले पुँजी बजार सुधारका लागि ब्रोकर व्यवसायको पुनर्संरचनादेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्राविधिक प्रणाली सुदृढीकरणसम्मका योजना अघि बढाएको छ । बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले संसदीय समितिको बैठकमा प्राथमिक र दोस्रो बजारको सुधारलाई छुट्टाछुट्टै योजनामार्फत अघि बढाइएको जानकारी दिएका हुन् । बजार सुधारका लागि सम्बन्धित सरोकारवालाको सहभागितामा समिति गठन गरी नीतिगत तथा संरचनागत सुधारको प्रक्रिया अघि बढाइएको बोर्डले जनाएको छ । दोस्रो बजार सुधारअन्तर्गत ब्रोकर व्यवसायको विद्यमान संरचना परिवर्तन गर्ने तयारी बोर्डले गरेको छ । पारिवारिक व्यवसायको सीमित संरचनामा रहेका ब्रोकर संस्थालाई व्यवस्थित र औद्योगिक मोडलमा विकास गर्ने नीति बोर्डले अघि सारेको छ । यसका लागि ब्रोकर संस्थालाई क्षमता र सेवाका आधारमा चार श्रेणीमा विभाजन गर्ने तथा स्टक डिलरसहितको विस्तृत संरचनामा लैजाने योजना बनाइएको छ । बोर्डले दोस्रो बजारको प्रमुख पूर्वाधारका रूपमा रहेको नेप्सेको सुधारलाई समेत प्राथमिकतामा राखेको छ । ट्रेडिङ प्रणाली, अर्डर व्यवस्थापन, सूचना प्रविधि तथा साइबर सुरक्षासँग सम्बन्धित कमजोरी सुधारका लागि नयाँ नियामकीय व्यवस्था तयार पारिएको अध्यक्ष भट्टले बताएका छन् । उनका अनुसार नेप्सेसहित दोस्रो बजारसँग सम्बन्धित क्षेत्रमा करिब ३१ देखि ३२ वटा नियामकीय व्यवस्था तयार पारिएको छ । ती व्यवस्थालाई क्रमशः कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढाइएको छ । प्राथमिक बजारतर्फ भने आइपिओ निष्कासन, मूल्य निर्धारण, योग्य संस्थागत लगानीकर्ता, सेयर बाँडफाँट र म्युचुअल फन्डलगायतका विषयमा सुधारका नीति अघि बढाइएको बोर्डले जनाएको छ । बोर्डले बजार सुधारको प्रक्रिया चरणबद्ध रूपमा अघि बढाउने रणनीति लिएको छ । पहिलो चरणमा कन्सेप्ट पेपर तयार पार्ने, त्यसपछि सम्बन्धित समितिमा छलफल तथा सरोकारवालाबाट सुझाव संकलन गर्ने र अन्तिम चरणमा नीतिगत व्यवस्था कार्यान्वयन गर्ने प्रक्रिया अपनाइएको छ । अध्यक्ष भट्टका अनुसार सुधारका क्रममा बजारका सहभागी र सरोकारवालालाई समेत समेटेर अघि बढ्ने नीति लिइएको छ । यसले बजारको तयारी र सुधारका प्रभावलाई समेत ध्यानमा राखेर नीति कार्यान्वयन गर्ने बोर्डको रणनीति देखाउँछ ।

News by पुँजी बजार सुधारमा बोर्डको नयाँ रणनीति, ब्रोकरदेखि नेप्सेसम्म पुनर्संरचना :