चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1077 of 1104
  • 2026-10-07
  • 01:52:09
  • मंगलबार,आश्विन २०, २०८३

About Author

खुला संसद्को अवधारणालाई नीतिगत व्यवस्था गर्दैछौँ  :  सभामुख राजब शाही

काठमाडौं– कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले प्रदेशमा खुला संसद्को अवधारणालाई नीतिगत व्यवस्था गर्न लागेको बताएका छन् । प्रदेश सभामुख शाहीले खुला संसद्को अवधारणालाई नीतिगत रूपमा सम्बोधन गर्न नियमावलीमा संशोधन गर्न लागिएको बताए। उनले खुला संसद्को निर्माण गर्दा सुरुमा भएका अपुग नीतिलाई पूर्ण गरेर व्यवस्थित बनाउन लागिएको बताए। उनले प्रक्रियाहरू निर्धारण गर्दा पनि एडभान्स प्रक्रियाको खोजी गरेर बनाउने बताए। सभामुख शाहीले खुला संसद्को अवधारणा कर्णाली प्रदेशमा स्थापित भइसकेको उल्लेख गर्दै यसलाई अझ विस्तृत र व्यवहारिक बनाउँदै लैजानु पर्ने आवश्यकता रहेको बताए। शाहीले व्यवहारिक रूपमा अनुभव हासिल गरी बढी प्रभावकारी बनाउन नागरिक, बुद्धिजीवी र सम्बन्धित पक्षहरूसँग सुझाव लिने काम सुरु गरेको बताए। उनले खुला संसद्लाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ योजना बनाउने काममा प्रदेश सभा रहेको दाबी गरे। ‘नीतिगत रूपमा सम्बोधन गर्नलाई हामी नियमावलीमा पनि व्यवस्था गर्दै छौँ। सुरुमा निर्माण गर्दा नियमावलीमा रहेका अपुगलाई हामी पूर्ण गर्दै छौँ। प्रक्रियाहरू निर्धारण गर्दा त्यसलाई पनि एडभान्स (अग्रिम) बनाउँदै छौँ। खुला संसद्को अवधारणा हाम्रो प्रदेशमा स्थापित भइसक्यो,’ उनले भने , ‘यसलाई अझ विस्तृत बनाउँदै लैजाने, व्यवहारिक रूपमा अनुभव हासिल गरेर अझ बढी प्रभावकारी रूपमा अवलम्बन गर्न सकिन्छ भन्ने सन्दर्भमा सबैका राय, सुझावहरू लिने प्रक्रिया सुरु गरेका छौँ । हामीले यसमा थप योगदान के गर्न सक्छौँ योजना बनाएका छौँ।’ सभामुख शाहीले खुला संसद्को अवधारणालाई व्यवहारिक रूपमा प्रयोग गर्दै आइरहेकोले अब आउने नयाँ नेतृत्वले गर्दिन भन्न नपाउने बताएका छन्।  

News by खुला संसद्को अवधारणालाई नीतिगत व्यवस्था गर्दैछौँ  :  सभामुख राजब शाही :