चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1088 of 1097
  • 2026-10-02
  • 11:50:09
  • शुक्रबार,आश्विन १६, २०८३

About Author

यसपालि क्षेत्र नम्बर २ अरू पार्टीलाई छोड्न सकिन्न  : गोरखा कांग्रेस

काठमाडौं– नेपाली कांग्रेस गोरखाले यसपालि क्षेत्र नम्बर २ अरू पार्टीलाई छाड्न नसकिने प्रष्टाएको छ। गोरखा पुगेर केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले यसपालि गोरखा क्षेत्र नम्बर २ अरूलाई छाड्न नसकिने बताए। पाँच वर्षअघि २०७४ मा गोरखा २ मा तत्कालीन नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईलाई कांग्रेसले समर्थन गरेको थियो। यसपालि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी गठबन्धन गर्ने र गोरखामा एक(एक क्षेत्र बाँड्ने तयारी गरिएको पाण्डे बताउँछन्। नेपाल समाजवादी पार्टी गठन गरेका बाबुराम भट्टराई पनि गोरखा २ बाट चुनाव लड्ने तयारीमा छन्। उनले आफू सत्ता गठबन्धनमै रहेकोबारे केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा बताएका थिए। प्रधानमन्त्री देउवानिकट नेता पाण्डे भने यसपालि गोरखा २ अरूलाई नछाड्न पार्टीभित्रैबाट माग र दवाव आइरहेको बताउँछन्। उनले गोरखाका प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्र बराबर लिने गरी कांग्रेस(माओवादीबीच चुनावी तालमेल हुने बताए। स्थानीय चुनावमा आएको मत हेर्ने हो भने कांग्रेस(माओवादीको उस्तैउस्तै छ, गोरखास्थित पार्टी कार्यालय तीनधारेमा आज आयोजित पत्रकार सम्मेलनमा पाण्डेले भने, ‘सत्ता गठबन्धनमा रहेका अन्य दलको उपस्थिति यहाँ कमजोर छ। गोरखामा प्रतिनिधि सभा क्षेत्र २ र प्रदेश सभा क्षेत्र ४ वटा छ। गोरखा १ प्रतिनिधि सभा क्षेत्र माओवादीलाई छाड्ने र गोरखा २ कांग्रेसले राख्ने तयारी गरेको हो। ‘यसअघि गोरखा २ बाबुराम भट्टराईलाई हामीले छाडेको हो। रूखमा भोट हाल्न नपाएकोमा गोरखा २ का कांग्रेस कार्यकर्ता रूष्ट छन्,’ पाण्डेले भने, ‘जितेपछि उहाँ (बाबुराम) ले कांग्रेसजनलाई नै चित्त दुख्ने अभिव्यक्ति दिनुभयो। गोरखा २ अरूलाई नछाड्न सभापति शेरबहादुर देउवालाई पनि आग्रह गरिसकेको उनले बताए।‘सधैं अरूलाई छाड्दा कार्यकर्ताले बिद्रोह गर्न सक्छन्,’ उनले भने, ‘गोरखा २ मा उठ्ने मेरो पनि चाहना छ तर पार्टीले निर्णय गर्छ। गोरखा २ मा यसअघि वामगठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई सात हजार बढी मतान्तरले बाबुरामले चुनाव जितेका थिए।

News by यसपालि क्षेत्र नम्बर २ अरू पार्टीलाई छोड्न सकिन्न  : गोरखा कांग्रेस :