चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1078 of 1103
  • 2026-10-06
  • 10:59:39
  • मंगलबार,आश्विन २०, २०८३

About Author

तस्करीको गहुँ लोड गरिएको ट्रक सशस्त्रको नियन्त्रणमा

विराटनगर– तस्करीको गहुँ लोड गरिएको ट्रक सशस्त्र प्रहरीले मोरङको रतुवामाई नगरपालिका–१ हडियाडाँडाबाट नियन्त्रणमा लिएको छ। भारतको सोनापुरबाट हडियाडाँडातर्फ आउँदै गरेको को १ ख ४२२१ नम्बरको ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए। उनका अनुसार ट्रकबाट दुई सय १० बोरा गहुँ बरामद भएको छ। बोरामा प्याक गरेर ट्रकमा लोड गरेको अवस्थामा १० हजार पाँच सय किलोग्राम गहुँ बरामद भएको जानकारी लामिछानेले दिए। उनका अनुसार गहुँ चार लाख ७२ हजार पाँच सय र ट्रक १५ लाख मूल्य बराबरको छ। ट्रक र गहुँ गरेर १९ लाख ७२ हजार पाँच सय रूपैयाँ बराबरको मूल्यांकन गरिएको हो। सशस्त्र प्रहरीको बीओपी बरडंगाबाट खटिएको टोलीले ट्रक चालक सुनवर्षी नगरपालिका–४ का ४८ वर्षीय इन्द्रवेव राजवंशीलाई पनि पक्राउ गरेको छ। ट्रक र गहुँसहित चालकलाई आवश्यक कारबाहीका लागि बिहीबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी एसपी लामिछानेले जानकारी दिए।

News by तस्करीको गहुँ लोड गरिएको ट्रक सशस्त्रको नियन्त्रणमा :