चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 329 of 1151
  • 2026-11-21
  • 11:27:01
  • शनिबार,मंसिर ०६, २०८३

About Author

आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै, के छनु एजेन्डा ?

काठमाडौँ– संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने तय भएको छ । जसअनुसार, दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ। बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ। त्यसैगरी, अपराह्न १२ः १५ बजे राष्ट्रियसभाको बैठक बस्ने छ । बैठकमा ‘राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगालले लिलाकुमारी भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुहुनेछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले राष्ट्रिय मानवअधिकार आयोगको गत आर्थिक वर्ष २०८०–०८१ को २४औँ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। बैठक सिंहदरबारमा बस्ने तय भएको छ ।

News by आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै, के छनु एजेन्डा ? :