चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 11 of 1100
  • 2026-10-04
  • 17:06:55
  • आइतबार,आश्विन १८, २०८३

About Author

अध्यादेशमार्फत खारेज गरिएका ८५ वटा ऐनका प्रावधान जगाउने विधेयक संसद्‌मा प्रस्तुत

काठमाडौं– अध्यादेशमार्फत खारेज गरिएका ८५ वटा ऐनका प्रावधान साविककै रुपमा जगाउने गरी सरकारले ल्याएको विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको छ। आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गरेकी हुन्। सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ साल वैशाख १९ गते जारी भएको थियो। यसले ११० वटा प्रचलित ऐनमा संशोधन गरेको थियो र त्यसमार्फत एक हजार ५३४ जना सार्वजनिक पदाधिकारी पदमुक्त भएका थिए। रिक्त रहेका पदहरूमा नयाँ नियुक्ति भइसकेको छैन। यही बेला सरकारले सोही अध्यादेशले खारेज गरेका ११० वटामध्ये ८५ वटा ऐनको साविककै व्यवस्था जगाउने गरी विधेयक ल्याएको हो। विधेयक ल्याउनुपर्नाको कारणमा पनि अध्यादेश निष्कृय भएकोले विधेयक ल्याइएको उल्लेख छ। प्रधानमन्त्री शाहको तर्फबाट प्रतिनिधिसभामा विधेयक प्रस्तुत गर्दै कानुनमन्त्री गौतमले भनेकी छन्, ‘‘ अध्यादेश निष्कृय भएको मितिबाट अध्यादेश जारी हुनु अघि कायम रहेको साविकको व्यवस्था पुनस् कायम गर्न आवश्यक भएकोले केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आवश्यक भएकोले यो विधेयक प्रतिनिधिसभा समक्ष प्रस्तुत गर्दछु।’

News by अध्यादेशमार्फत खारेज गरिएका ८५ वटा ऐनका प्रावधान जगाउने विधेयक संसद्‌मा प्रस्तुत :