चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1093 of 1104
  • 2026-10-06
  • 15:03:24
  • मंगलबार,आश्विन २०, २०८३

About Author

ओली र लिङ्देनबीच भेट, चुनावी तालमेलबारे छलफल

काठमाडौं– एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। लिङ्देनले शुक्रबार दिउँसो बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग झन्डै दुई घन्टा छलफल गरेको जनाइएको छ। स्थानीय तह निर्वाचनपछि उनीहरूबीच यो दोस्रो भेट हो। मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा उनीहरूबीचको भेटवार्तालाई महत्वका साथ हेरिएको छ। निर्वाचनकै सेरोफेरोमा रहेर उनीहरूबीच छलफल भएको जनाइएको छ। चुनावी तालमेलबारे उनीहरूबीच कुराकानी भएको स्रोतले जनाएको छ। तालमेल गरेर जाने विषयमा कुरा भए पनि निर्णयमा पुग्न बाँकी रहेको स्रोतको भनाइ छ। फेरि बस्ने बैठकले तालमेलबारे टुंगो लगाउने जनाइएको छ। २०७४ सालको आम निर्वाचनमा उनी झापा–३ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। त्यतिबेला सिंगो झापा जिल्लामा एमाले र राप्रपाबीच तालमेल भएको थियो। लिङ्देन यसपटक पनि झापा(३ बाटै चुनाव लड्दैछन्। सत्तारूढ पाँचदलीय गठबन्धनले आउने निर्वाचनमा पनि तालमेल गर्ने भएपछि एमाले दबाबमा परेको छ। यस्तो अवस्थामा सकेसम्म धेरै स्थानमा निर्वाचन जित्न सबै विकल्प खुला राखेर अगाडि बढ्ने रणनीति एमालेले बनाएको छ।

News by ओली र लिङ्देनबीच भेट, चुनावी तालमेलबारे छलफल :