चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1087 of 1104
  • 2026-10-06
  • 17:00:20
  • मंगलबार,आश्विन २०, २०८३

About Author

‘कृष्ण लीला’, ‘माइकल अधिकारी’, र ‘प्रेमगन्ज’ संगासंगै रिलिज

काठमाडौं– आज शुक्रवार कृष्ण जन्माष्टमीको अवसरमा नेपाली सिनेमाहलमा तीन नेपाली र एक विदेशी फिल्म प्रदर्शन भएका छन्। नेपाली फिल्मतर्फ ‘कृष्ण लीला’, ‘माइकल अधिकारी’, र ‘प्रेमगन्ज’ रिलिज भएका हुन्। त्यसैगरी, विदेशी फिल्मतर्फ दक्षिण भारतीय फिल्म ‘कार्तिकेय २’ पनि रिलिज भएको छ। आज नेपाली बक्सअफिसमा चार फिल्म भिड्दैछन्। गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको फिल्म ‘माइकल अधिकारी’लाई रञ्जित रौनियारले निर्देशन गरेका हुन्। सेरोगेसीको कथामा आधारित यस फिल्मले पैसाको लोभमा परेर कोख भाडामा दिने दम्पतिको कथा देखाउन खोजेको छ। फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठका साथै अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, सुजना ढकाललगायतका कलाकारहरुको अभिनय रहेको छ। यसैगरी, दीपक ओली निर्देशित ‘कृष्ण लीला’ पुष्प खड्का र श्रद्धा क्षेत्रीका साथै बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुषा क्षेत्री, आयुष गुरागाईँको अभिनय रहेको छ। आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहेको फिल्ममा लक्ष्मण सुवेदीको पटकथा रहेको छ। फिल्मले अटिजम प्रभावित युवकको विषयवस्तुलाई समेटेको छ। प्रेमकथामा निर्माण भएको फिल्म ‘प्रेमगञ्ज’ मा परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको छ। फिल्मले एकै व्यक्तिको दुई समयको प्रेमकथालाई प्रस्तुत गरेको छ। फिल्ममा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, राईडर प्रशान्त, सुप्रिया खनाल, सिम्रन खड्काको पनि अभिनय रहेको छ। साउथ फिल्म ‘कार्तिकेय २’ पनि आजबाट प्रदर्शनमा आएको छ। एकसाताअघि भारतमा प्रदर्शन भइसकेको यस फिल्मले राम्रो चर्चा बटुलिरहेको छ। चन्दु मनदेती निर्देशित फिल्ममा निखिल सिद्धार्थ, अनुपमा परमेश्वरम र अनुपम खेरको प्रमुख भूमिका छ।

News by ‘कृष्ण लीला’, ‘माइकल अधिकारी’, र ‘प्रेमगन्ज’ संगासंगै रिलिज :