रामेछापमा बाढीले पाँच घर बगायो - Chaitanya News
  • 2026-04-20
  • 13:16:49
  • सोमबार,बैशाख ०७, २०८३
  • रामेछापमा बाढीले पाँच घर बगायो

    रामेछापमा बाढीले पाँच घर बगायो

    रामेछाप– अविरल वर्षापछि आएको बाढीले रामेछापमा पाँच घर बगाएको छ। गोकुलगंगा गाउँपालिका–२ ठोसेको एकाम फेदीमा रहेको नासिङ खोलामा आएको बाढीले ती घर बगाएको बताइएको छ।

    बाढीले तीन वटा पक्की घर र अन्य दुई वटा कच्ची घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ। बाढीका कारण सन्तोष रोका, ज्ञानबहादुर रोका, हरिबहादुर खत्री, धनलक्ष्मी गुरागाईं र रमेश रोकाका परिवार विस्थापित भएका छन्।

    बाढीले घर बगाएपछि विस्थापितहरूले छिमेकीको घरमा आश्रय लिएको बताइन्छ।